जापान पठाउने भन्दै ९ लाख ठगी, एक जना पक्राउ

cp new add
Nisharg hospital

काठमाडौँ । जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै ९ लाख रुपैयाँ ठग्ने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा लमजुङ घर भई काठमाडौँ बस्दै आएका ४५ वर्षीय खर्वा तामाङ रहेका छन् ।

उनले रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...