जेनजी प्रदर्शनकारीलाई कारागारमुक्त गर्न सिफारिस

cp new add
Nisharg hospital

काठमाडौँ। प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्था अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन बुझाएको छ ।

बुधबार उपसमितिले नीतिगत र कानुनी सुझाव तथा सिफारिस सहितको प्रतिवेदन बुझाएको हो । उपसमितिले जेनजी आन्दोलनमा सहभागीहरूको मुद्दा फिर्ता लिएर कारागारबाट थुनामुक्त गर्न सिफारिस गरेको छ ।

२०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा पुर्पक्षका लागि थुनामा रहेकाहरू मध्ये गम्भीर अपराधमा संलग्न बाहेक अरूको मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न उपसमितिले सिफारिस गरेको हो । सिफारिसबारे समितिले छलफल पनि सरकारलाई निर्देशन दिनेबारे निर्णय लिनेछ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...