भोलि मध्यरातदेखि दुवै सदनको चालु अधिवेशन अन्त्य


काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यरात १२ बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका चालु अधिवेशन अन्त्य गरेका हुन्।
मन्त्रिपरिषदको असोज १३ को बैठकले दुवै सदनको चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो।
