स्वीकृतिबिनै स्वास्थ्य सेवा सञ्चालन गर्ने धनगढीका दुई संस्थालाई सेवा बन्द गर्न निर्देशन

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा आवश्यक स्वीकृति नलिई स्वास्थ्य सेवा सञ्चालन गरिरहेका दुई निजी स्वास्थ्य संस्थालाई तत्काल सेवा बन्द गर्न निर्देशन दिइएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कैलाली, जिल्ला प्रशासन कार्यालय कैलाली, उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी र औषधि व्यवस्था विभाग नेपालगन्जको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा धनगढी उपमहानगरपालिका–१ स्थित श्रद्धि डाइग्नोस्टिक सेन्टर र सहिद गेटस्थित सन्तति आईभीएफ सेन्टरले सम्बन्धित निकायबाट सेवा सञ्चालनको स्वीकृति नलिएको पाइएको हो।

आवश्यक स्वीकृति नलिई सेवा सञ्चालन गरेको भेटिएपछि दुवै संस्थालाई तत्काल सेवा बन्द गर्न निर्देशन दिइएको टोलीले जनाएको छ।
टोलीले धनगढीमा सञ्चालित अन्य निजी स्वास्थ्य संस्थाको समेत अनुगमन गरी सेवा सञ्चालनको स्वीकृति, निर्धारित मापदण्ड तथा आवश्यक कानुनी प्रक्रिया पूरा भए–नभएको जाँच गरेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...