
कैलाली । बालबालिकाविरुद्धको कसुर मुद्दामा ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका एक व्यक्ति कैलालीमा पक्राउ परेका छन्।
घोडाघोडी नगरपालिका–२ का ५२ वर्षीय तारा बहादुर विष्टलाई जिल्ला अदालत कैलालीको २०८१ वैशाख ४ गतेको फैसलाअनुसार पक्राउ गरिएको हो।
फैसला कार्यान्वयनका क्रममा अस्थायी प्रहरी पोष्ट साडेपानीबाट खटिएको प्रहरी टोलीले विष्टलाई शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

