त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरणमा पक्राउ परेका ५ जना धरौटीमा रिहा

cp new add
Nisharg hospital

त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरणमा पक्राउ परेका पाँच जना प्रतिव्यक्ति ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

गत असोज ३ गते मन्दिरबाट ५५ हजार ८० रुपैयाँ भेटी चोरी भएको घटनामा प्रहरीले त्रिपुराकोटका ३७ वर्षीय जयानन्द उपाध्याय, मन्दिरका मुख्य पुजारी २३ वर्षीय प्रख्यात उपाध्याय, ४४ वर्षीय रामप्रसाद उपाध्याय, २९ वर्षीय आशिष उपाध्याय र २७ वर्षीय झलक उपाध्यायलाई पक्राउ गरेको थियो।

जिल्ला अदालत डोल्पाले जयानन्दलाई पक्राउ परेको ११ दिनपछि र अन्य चार जनालाई पक्राउ परेको ९ दिनपछि शुक्रबार प्रतिव्यक्ति ६ हजार रुपैयाँ धरौटीमा तारिखमा रिहा गरेको अदालतका वैतनिक वकिल पूर्ण हमालले जानकारी दिए। उनका अनुसार धरौटीमा रिहा हुँदैमा उनीहरू निर्दोष ठहर नहुने र मुद्दाको अन्तिम फैसलापछि मात्रै दोषी वा निर्दोष टुंगो लाग्नेछ।

यस प्रकरणमा चोरी भएको भनिएको ५५ हजार ८० रुपैयाँभन्दा बढी रकम दुई फरक स्थानबाट फेला परेको छ। सोमबार मन्दिरको पश्चिमतर्फ टिमुरको रूखमा ५५ हजार ८० रुपैयाँ तथा त्यसपछि मन्दिर परिसरमै करिब ५४ हजार रुपैयाँ फेला परेको थियो।

दुवै रकम प्रहरीले बरामद गरी मुचुल्का उठाएर दशीका रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ। चोरी भएको भनिएको रकमभन्दा करिब दोब्बर रकम फेला परेपछि घटनामाथि थप प्रश्नसमेत उठेको छ।

फेला परेको रकम, घटनाको प्रकृति र अनुत्तरित प्रश्नबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...