बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ५ जनाको खुल्यो परिचय

cp new add
Nisharg hospital

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ५ जनाको परिचय खुलेको छ। दुर्घटनामा १० जना घाइते भएका छन् भने २ जना सकुशल छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो। बसमा चालकसहित १८ जना सवार थिए।

दुर्घटनामा जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिकका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, नामथर र वतन नखुलेका करिब ४०–४२ वर्षीय पुरुषको पनि घटनास्थलमै मृत्यु भएको छ। घाइतेहरूको नवलपरासी र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...