देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु हुने १५औँ महाधिवेशनमा नजाने भएका छन् । कांग्रेसले पूर्व सभापति देउवालाई महाधिवेशनमा निमन्त्रणा गरेको थियो ।

१५औँ महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउवालाई हिजो (शनिबार) औपचारिक निम्ता दिएको थियो । महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गर्दै सभापति गगन थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर शनिबार सहमहामन्त्री योगेन्द्र चौधरीलगायत नेताहरु देउवा निवास महाराजगञ्ज पुगेका थिए ।

पार्टी सभापति गगन कुमार थापाले पठाएको निमन्त्रणा देउवाकोमा पुगे पनि उनी महाधिवेशनमा उपस्थित हुने कुनै कार्यसूची र कार्यक्रम नरहेको नेता डा। प्रकाश शरण महतले जानकारी दिए ।

पूर्वसभापति देउवालाई निम्तो आएछ उद्‌घाटन सत्रमा जानुहोला नि भन्ने प्रश्नमा महतले भने, ‘मसँगको कुराकानीमा कुनै पनि उद्‌घाटन सत्रको निम्तो मान्न जाने कुरा भएको छैन। त्यसकारण उहाँ आउनुहुन्छ भनेर कुप्रचार गरिरहेको छ देउवा दाइ गगनजीहरूको उद्घाटनमा जानुहुन्न ।’

समानान्तर गतिविधि बढाइरहेको देउवा पक्षले गगन थापालाई कांग्रेसको सभापति स्वीकार गरेको छैन । देउवा चौधौँ महाधिवेशनबाट कांग्रेसको सभापति चुनिएका थिए । त्यसबेला महामन्त्रीमा विश्व प्रकाश शर्मा र गगन थापा आएका थिए । तर जेनजी आन्दोलन पछि गत पुस अन्तिम साता कांग्रेसले विशेष महाधिवेशन गरेर थापालाई सभापति बनाएको थियो । तर देउवा पक्षले सो महाधिवेशन स्वीकार गरेको छैन।

अधिकांश नेताहरू अहिले गगन थापा संस्थापन पक्षले गरेको पन्ध्रौं महाधिवेशनमा सहभागी भएका छन् । तर देउवा पक्षका नेता मानिने कृष्ण सिटौला, प्रकाशमान सिंह, रमेश लेखक, विमलेन्द्र निधि लगायतहरू देउवासँगै छन्। देउवा पक्षले पनि यही असोज १५ गतेबाट छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ । केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने तय गरिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...