चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ स्थानमा सञ्चालन

cp new add
Nisharg hospital

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ स्थानमा सञ्चालन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

वर्तमान सरकारको पहिलो ६ महिनाको उपलब्धी सारांश सार्वजनिक गर्दै यस्तो जानकारी दिइएको हो । उपलब्धि सारांशको बुँदा नम्बर ५ मा आर्थिक सुधार, व्यापार तथा लगानीसम्बन्धी विषय छ । यसको पनि उद्योग, आपूर्ति तथा लगानी शिर्षक अन्तर्गत भनिएको छ, ‘चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ स्थानमा सञ्चालन गरिएको छ ।’

लगानी बोर्डमा एकद्वार स्वीकृति प्रणाली सञ्चालनमा ल्याइएको, खानी उत्खनन तथा खोजतलासका लागि १०६ वटा नयाँ अनुमतिपत्र जारी गरिएको लगायतका विवरण पनि यसमै समावेश छ । करदाता सुविधा तथा आयात सहजताको विषय पनि राखिएको छ ।

जसअनुसार १२० स्थानीय तह र कम्पनी रजिष्ट्रार कार्यालयबाट स्थायी लेखा नम्बर सहितको करदाता सेवा सुरु गरिएको छ । विश्व बजारमा मूल्यवृद्धिका कारण पेट्रोलियम पदार्थको पैठारीमा लाग्ने भन्सार महसुल र पूर्वाधार शुल्कमा ५० प्रतिशत छुट दिइएको छ ।

आर्थिक सुधार तथा वित्तीय सुशासन अन्तर्गत नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरिएको र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा पुराना ऐन खारेजी प्रक्रिया अघि बढाइएको छ ।

सार्वजनिक संस्थान सुधार अन्तर्गत रुग्ण सार्वजनिक संस्थानहरू उदयपुर सिमेन्ट, गोरखकाली रबर, हेटौंडा सिमेन्ट आदिको ड्यु डिलिजेन्स अडिट सम्पन्न गरिएको छ । पूँजी बजार अन्तर्गत २१ बुँदे पूँजी बजार सुधार कार्ययोजना २०८३ कार्यान्वयनमा आएको छ ।

एटिएफ ग्रे–लिष्ट सुधार अन्तर्गत एटिएफको मूल्यांकनमा तीन वटा कार्य पूर्ण र चार वटामा आंशिक प्रगति हासिल भई स्तरोन्नति भएको जनाइएको छ । अगाडि लेखिएको छ, ‘शीघ्र ग्रे–लिष्टबाट बाहिरिने रणनीति कार्यान्वयन भइरहेको छ ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...