सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीका छाेरा जबरजस्तीकरणी उद्योग मुद्दामा पक्राउ

cp new add
Nisharg hospital

धनगढी । धनगढीका एक युवक जबरजस्तीकरणी उद्योग मुद्दामा पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-१ शिवनगर बस्ने बबी साेडारीलाई एक युवतीले दिएकाे जबरजस्तीकरणी उद्योग मुद्दामा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार साेडारीविरूद्व धनगढीकै एक युवतीले एक वर्षअघि जबरजस्तीकरणी उद्योग शिर्षकमा जाहेरी दिएकी थिइन् ।

साेही जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । उनी याे बीचमा प्रहरीकाे फरार सूचीमा थिए ।

धनगढी घरमा आएका बेला प्रहरीले पक्राउ गरेकाे हाे । साेडारी सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री दीर्घबहादुर साेडारीका छाेरा भएको प्रहरीले जनाएको छ ।

यसअघि राजनीतिक दबाबमा प्रहरीले उनलाई पक्राउ गरेकाे थिएन । पीडित भनिएकी युवती एक वर्षदेखि प्रहरीमा धाएकाे धाए थिइन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...