

१ मंसिर,धनगढी । नेकपा एमाले कैलाली क्षेत्र नम्बर ५ का प्रदेशसभा (१) का उम्मेदवार नेपालु चाैधरीले अवसरका लागि स्वतन्त्र बनेका र जातीय राजनीति गरेर समुदायलाई भाड्नेहरूकाे भ्रममा नपर्न आग्रह गरेका छन् ।
कैलारी गाउँपालिका-९ मा आयाेजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै चाैधरीले नेपाली कांग्रेस र माओवादीका केहि नेता पार्टीबाट टिकट नपाएर स्वतन्त्रका रूपमा आएकाे बताउदै त्यस्ता व्यक्तिकाे भ्रममा नपर्न आग्रह गरेका हुन् ।
उनले नागरिक उन्मुक्ति पार्टीले जातीय नारा लगाएर थारू समुदायमाथि राजनीति गर्न खाेजेकाे बताउदै एमाले सबैकाे साझा पार्टी भएकाे भन्दै अनावश्यक भ्रममा नपर्न पनि अपिल गरे ।
चाैधरीले २०७४ सालमा प्रदेशसभा सदस्यमा जितेर गएपछि मतदाताकाे अपेक्षाअनुसार काम गरेकाे र धेरै काम अझै बाँकी भएकाले तिनलाई पूर्णता दिन आफूलाई मत मागेका छन् ।

