पशुपति मन्दिर प्रवेश गरी भिडियो बनाएको आरोपमा दम्पती पक्राउ

cp new add
Nisharg hospital

काठमाण्डौ । पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर भिडियो बनाएको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा इटहरी निवासी ओसीम अन्सारी र उनकी पत्नी प्रियंका परियार रहेका छन् । पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा सुनसरी प्रहरीले उनीहरूलाई इटहरीबाट नियन्त्रणमा लिएको हो।

सुनसरी प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ।

प्रेम विवाह गरेका अन्सारी र परियारले केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरभित्र पुगेर भिडियो बनाएका थिए। गैरहिन्दूलाई प्रवेश निषेध रहेको पशुपतिनाथको मुख्य मन्दिर क्षेत्रभित्र प्रवेश गरेर भिडियो बनाएको भन्दै सामाजिक सञ्जालमा उनीहरूको विरोध भएको थियो।

भिडियो भाइरल भएर धार्मिक आस्थामाथि आँच पुगेको भन्दै आलोचना बढेपछि पशुपति क्षेत्र विकास कोषले प्रहरीमा उजुरी दिएको थियो।

सोही उजुरीका आधारमा सुनसरी प्रहरीले उनीहरूलाई पक्राउ गरी काठमाडौं पठाएको हो।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...