
झापा । झापाको बिर्तामोड नगरपालिकास्थित भद्रपुरलाइनमा भएको आगलागीबाट ५ घर जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आगलागीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको बताए ।
‘मानवीय क्षति भएको छैन,’ उनले भने, ‘४–५ घरमा आगलागीले क्षति पुर्याएको छ । हामी विवरण संकलन गरिरहेका छौं ।’
डीएसपी अवाका अनुसार त्यहाँ रहेको फर्निचर उद्योगबाट आगलागी शुरू भएको हो । अहिले आगो नियन्त्रणमा आएको छ ।

