बलायर झुठाे बाेलेर भ्रम छरिरहेका छन्, विश्वास नगराैँ : भट्ट

cp new add
Nisharg hospital
suchana

१ मंसिर, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सत्तारूढ गठबन्धनका उम्मेदवारले झुठाे बाेलेर भ्रम छरिरहेकाे बताएका छन् ।
कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका भट्टले प्रतिस्पर्धी रहेका गठबन्धनका बिरबहादुर बलायरले जनतामा भ्रम छर्ने काम गरिररहेकाले विश्वासमा नपर्न आग्रह गरेका छन् ।
गाैरीगंगा नगरपालिकामा मतदाता भेटघाटमा कार्यक्रममा बाेल्दै भट्टले सर्वसुलभ सेवा लिन एमाले सरकार बन्न आवश्यक रहेको बताउदै उनले ज्येष्ठ नागरिकको सम्मान, सुत्केरीकाे उचित स्याहार, विद्यार्थीका लागी प्राविधिक शिक्षा, स्वास्थ्यमा स्तरोन्नती लगायतका काम एमालेकै सरकारका बेला भएको बताए ।
उनले कैलाली क्षेत्र नम्वर ४ मा भएको बिकास, प्रदेश राजधानी, फास्टट्राकको बारेमा गठबन्धनका उमेदवार बलयारले जनतामा भ्रम छर्ने र झुट बोल्ने काम गरिरहेको बताएका छन । उनले डोटीबाट विजयी भएर मन्त्रि बन्दा समेत विकासको सिन्को नभाचेका बलायरले कैलालीमा भएको बिकास आफुले गरेको भन्दै ठग्ने गरेको बताए ।
कैलालीका विभिन्न क्षेत्रमा पुगेर बलायरले इमानदारीपुर्वक जनता माझ कुरा नराखेको बताउदै उनले जनता सामु झुट र भ्रम फैलाउने काम मात्रै गरेको बतए । उनले जनतालाई गठबन्धका नेताले पारेको भ्रममा नपर्न सेमेत अनुरोध गरे ।
एमालेको सरकार हुदा जम्मा गरेको ढुकुटी कुलङ्गार छोराले घरको ढुकुटी रित्ताए जस्तै गठबन्धन सरकारले देशको ढुकुटी सकेको आरोप लगाएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...