जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी

cp new add
Nisharg hospital

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउत ९५८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको थियो। तर, पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था भएकाले राउतका पक्षमा पनि मतदान भएको थियो। महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि निर्वाचन भएको थियो।

उपाध्यक्षमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु), बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) निर्वाचित भएका छन्। उपाध्यक्ष पदका लागि ११ जना प्रतिस्पर्धामा थिए। परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भए।

महासचिवमा सञ्जयकुमार यादव निर्वाचित भएका छन्। सिरहाका यादवले ६१८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत पाए। दुवैले २० प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेको जनमत पार्टीले जनाएको छ। उपमहासचिवमा निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत पाए।

सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्।

७ सचिव पदका लागि ९ जना प्रतिस्पर्धामा थिए। वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह भने पराजित भएका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...