

१ मंसिर, धनगढी । नेकपा एमालेबाट कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार रहेका नारदमुनि रानाले केपी ओली नेतृत्वको सरकारले देशभरका साढे १२ लाख गरिब तथा सुकुम्बासीले लालपुर्जा बाड्ने काममा गठबन्धन बाधक बनेको आराेप लगाएका छन् ।
ओली सरकारले गरिब जनताको पक्षमा गरेका काम देखेर आत्तिएर विभिन्न शक्तिहरूकाे आडमा ढालेर शेरबहादुर देउवाकाे नेतृत्वमा सरकार गठन गर्दै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने काम राेकिदिएकाे दाबी गरेका छन् ।
कैलारी गाउँपालिका-९ मा आयाेजना गरिएको मतदाता भेटघाट कार्यक्रममा बाेल्दै रानाले एमाले सरकारले भुमि आयाेग गठन गरेर साढे १२ लाख भुमीहिन सुकुम्बासीलाई लालपुर्जा बाड्ने तयारी गरेपछि जबरजस्ती सरकारबाट हटाइएको बताए ।
उनले सरकारबाट हटाएकाे सरकारले लगत्तै भुमि आयाेग खारेज गर्दै लालपुर्जा वितरणकाे काम राेकेकाे उनकाे दाबी थियोे । एमालेकै मान्छेले सर्वाेच्च गुहार्दै लालपुर्जा वितरण गर्न माग गरेपछि आयाेग पुनर्जिवित भएकाे बताउदै अगामी निर्वाचनबाट जनता मारा सरकार विस्थापित हुने बताए ।
गठबन्धन सरकार आएपछि किसानले मल , इन्धन नपाएकाे, दैनिक उपभोग्यका वस्तुकाे मूल्य बृद्वि गरेर ढाड सेेकेकाे बताउदै उनले मंसिर ४ मा उचिन जवाफ दिन आह्वान पनि गरेका छन् ।

