
पोखरा । कास्कीको पोखरामा शुक्रबार (असोज २३) बिहान स्कुल बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त बसमा २१ जना सवार थिए । उनीहरूमध्ये १९ जना विद्यार्थी थिए । उनीहरू परीक्षाको तयारीका निम्ति ट्युसन पढ्न जाँदै थिए । सबैजना कक्षा–१० का विद्यार्थी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले जानकारी दिए ।
घाइतेमध्ये १५ जनाको उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ । एकजनाको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ ।

