सशस्त्रका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

cp new add
Nisharg hospital

काठमाडौं । आचरणविपरीत काम गरेको र गोप्य सूचना चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ ।

अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको एक सदस्यीय छानबिन समितिले सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ अनुसार कारबाही गर्न गृहमन्त्रीसमक्ष सिफारिस गरेको हो ।

उक्त दफामा आचरणविपरीत काम गर्ने कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन वा बर्खास्त गर्न सकिने व्यवस्था छ । यससम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई छ ।

दाहालमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको, बिचौलियासँग सम्पर्क रहेको र संवेदनशील सूचना चुहाएको आरोप छ ।

गृह मन्त्रालयले उनलाई असोज १९ गते निलम्बन गर्दै छानबिनको जिम्मा एआईजी पोखरेललाई दिएको थियो । तीन दिनभित्र छानबिन गरी कारबाही सिफारिस गर्न भनिएको समितिले करिब १२–१३ पृष्ठको बयानसहित प्रतिवेदन बुझाएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

सीमा विभाग प्रमुख रहेका दाहाल २०७९ वैशाख २८ गते एआईजी बनेका थिए । चारवर्षे पदावधि सकिन लाग्दा उनको म्याद थपका लागि सिफारिससमेत भएको थियो । तर, गोप्य सूचना चुहाएको आरोपमा उनी निलम्बनमा परेका हुन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...