
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले हिजो राति नै सबै मतपेटिकाहरू सुरक्षित रूपमा सिल गरी पार्टी कार्यालय सानेपा पुर्याइसकिएको जानकारी दिए।
निर्वाचन समितिले बाँकी मतगणनाको प्रक्रिया अगाडि बढाउन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पूर्ण उम्मेदवारहरूलाई बैठकका लागि बोलाएको उनले जानकारी दिए ।
कटवालका अनुसार १ बजेपछि बस्ने उम्मेदवारहरूसहितको बैठकले आवश्यक निर्णय गरेपश्चात् सानेपाबाटै बाँकी रहेका सबै पदको मतगणना कार्य शुरू गरिनेछ।
सभापतिको भने गणना भैसकेको छ । सभापतिमा गगन थापा निर्वाचित भएका छन् । हिजो मतदान भएको थियो ।

