बूढीगण्डकी बाढी : भेडीगोठमा रहेका यी पाँचजना सम्पर्कविहीन

cp new add
Nisharg hospital

काठमाडौं । बूढीगण्डकी नदीमा बाढी आएपछि गोरखाको चुमनुब्री गाउँपालिका–६ का पाँचजना सम्पर्कविहीन भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो सो जानकारी दिएको हो ।“हालसम्म चुमनुब्रि गापा–६ चुम्चेतको उङ्गिलुङ निवासी भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन छन्,” प्राधिकरणले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

सम्पर्कविहीन हुनेमा गोरखा चुमनुब्री गा.पा. ६ चुन्चेत बस्ने वर्ष ६५ को सोनाम लामा उनकी श्रीमती ५९ वर्षीया मोम्मो अजि लामा छन् । यस्तै सोही स्थानका ६६ वर्षीया भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पेमा दोर्जे लामा पनि सम्पर्कविहीन भएका हुन् ।

२०८३ असोज २५ गते बिहान गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गएको थियो । पहिरोले बूढीगण्डकी नदी थुनिएर लेदो सहितको ठूलो बाढीका कारण भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...