ककरोच जनता पार्टीका संयोजक अभिजीत दीपके पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं । ककरोच जनता पार्टीका संयोजक अभिजीत दीपके पक्राउ परेका छन् । दिल्ली विमानस्थलबाट उनी पक्राउ परेका हुन् ।

दिल्ली विमानस्थलमा अवतरण गर्ने बित्तिकै अभिजीत, सौरभ र आशुतोषलाई प्रहरीले पक्राउ गरिएको थियो । अभिजीत दीपके सामाजिक सञ्जालमा लाइभ आएपछि उनलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ ।

दीपकेले आफुलाई पक्राउ गर्नुअघि भनेका थिए, “यदि, उनीहरू मलाई हिरासतमा राख्न वा पक्राउ गर्न चाहन्छन् भने, त्यसो गर्न दिनुहोस् । म यसको लागि तयार छु । मलाई केही फरक पर्दैन ।”

उनले यूएपीए र एनएसए लागु गर्न भनेका थिए । “तर, हामी स्वतन्त्र र निष्पक्ष चुनावको लागि र यस देशको लोकतन्त्रको रक्षा गर्न लडिरहनेछौँ,” उनले भनेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...