ससुराले बुहारीलाई कुटपिट गर्दा काखमा रहेका तीनमहिने नातिको मृत्यु

cp new add
Nisharg hospital

झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा घरायसी विवादका क्रममा ससुराले बुहारीलाई कुटपिट गर्दा काखमा रहेका तीनमहिने शिशुको मृत्यु भएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकै परिवारका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार असोज २३ गते दिउँसो करिब १ः२० बजे शिविरको सेक्टर डी–२ मा घरायसी विषयलाई लिएर परिवारका सदस्यबीच विवाद भएको थियो। विवादमा ६८ वर्षीय मनबहादुर तामाङ, उनकी ६२ वर्षीया श्रीमती आशा तामाङ, ३४ वर्षीय छोरा फुर्बा सिंह तामाङ र ३८ वर्षीया बुहारी बिमला भारती संलग्न थिए।

विवादले उग्र रूप लिएपछि मनबहादुरले बुहारी बिमलालाई कुटपिट गरेको प्रहरीको भनाइ छ। सोही क्रममा आमाको काखमा रहेका तीनमहिने छोरा सामेल तामाङलाई चोट लागेको थियो। घाइते शिशुलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। तर, दिउँसो २ः०५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले मनबहादुर, आशा, फुर्बा सिंह र बिमला गरी चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...