care tekar

राप्रपा कैलालीको जिल्ला सदस्यमा दिनेश कुमार बम मनोनीत

cp new add
Nisharg hospital
dhanga
Rubic

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति कैलालीको जिल्ला सदस्यमा दिनेश कुमार बम मनोनीत भएका छन्।

sanjiwan
Nisharg

पार्टीले बमलाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको हो। पूर्व युवा संगठन अध्यक्षसमेत रहेका बमले पार्टी संगठन विस्तार तथा राजनीतिक गतिविधिमा योगदान पुर्‍याउँदै आएका छन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Nav

राजनीतिसँगै समाजसेवामा सक्रिय बम धार्मिक आस्थाका धनी व्यक्तित्वका रूपमा पनि परिचित छन्। कैलालीको राजनीतिक गतिविधिमा आफ्नो भूमिका निर्वाह गर्दै आएका उनलाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरिएसँगै पार्टी संगठनलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

HAMRO DAIRY

नयाँ जिम्मेवारीसँगै बमले जनताको आवाज उठाउने, युवाका मुद्दालाई प्राथमिकता दिने तथा समाजका समस्या र आवश्यकताका विषयमा जिम्मेवार भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

बमको मनोनयनप्रति शुभकामना व्यक्त गर्दै उनको आगामी राजनीतिक यात्रा जनताको विश्वास जित्ने, समाजसेवामा योगदान पुर्‍याउने र सकारात्मक परिवर्तनका लागि अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...