बाजुराको एक मतदान केन्द्र, जहाँ छन् ५५ जना मतदाता

cp new add
Nisharg hospital
suchana

२ मंसिर ,धनगढी । बाजुराको हिमाली गाउँपालिका ३ गुम्बामा रहेको मतदान केन्द्रमा ५५ जना मतदाता रहेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यहाँ ६० जना मतदाता थिए । मृत्यु भएका पाँच जनाको नाम हटाउँदा ५५ जना कायम भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए ।

बाजुरा जिल्लाका ७० वटा मतदान केन्द्रमा र ११२ मतदान स्थलहरु रहेका छन । बाजुरामा सबैभन्दा कम मतदाता ५५ जना गुम्बा गाउँको मतदान केन्द्रमा रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । गुम्बा गाउँमा रहेको हिमाल भक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र राखिएको छ ।

बाजुराको सर्वाधिक विकटमा रहेको यो गाउँमा २०७४ सालको स्थानीय चुनावमा मतदान केन्द्र स्थापना भएको थियो । २०७४ सालको पहिलो चरणको स्थानीय चुनाव अगावै गुम्बा गाउँवासीले मतदान गर्न जाँदा बास बस्नुपर्ने बाध्यताको समाचार सार्वजनिक भएपछि निर्वाचन आयोगले गुम्बा गाउँको हिमाल भक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र स्थापना गरेको थियो ।

२०७४ सालको स्थानीय चुनाव अघिसम्म वडा नम्बर ३ बौडीमा भोट हाल्न जानुपर्ने बाध्यता थियो । गुम्बा गाउँ र बौडी आउ–जाउ गर्न तीन दिन लाग्थ्यो । मानिसहरु बीच बाटोमा बास बस्दै भोट हाल्न जाने र फर्किने गर्दथे । उक्त सामाचार सार्वजनिक भएपछि निर्वाचन आयोग काठमाडौंले २०७४ जेठ २५ गते मतदान केन्द्र स्थापनाका लागि जिल्ला निर्वाचन कार्यालय बाजुरालाई अनुमति दिएको थियो ।

गुम्बा गाउँका बासिन्दाले गाउँमै मतदान केन्द्र स्थापना भएपछि तेस्रो पटक मतदान गर्ने भएका छन । गुम्बा गाउँका ८५ वर्षीय छिरिङ्ग धोर्चे लामाले गाउँमै मतदान केन्द्र स्थापनापछि भएपछि खुसी लागेको बताए । अर्का स्थानीय सदस्य जगत बहादुर लामाले विगतमा मतदान गर्नबाट बञ्चित हुँदै आएकाहरुले पनि अब गाउँमा मतदान गर्ने बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...