ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

cp new add
Nisharg hospital

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु. ४ त ५५०५ नम्बरको ट्याक्टर चालक स्थानीय ४५ वर्षीय ओमबहादुर पल्ली मगरले नियन्त्रण गुमाई सडकको बायाँ साइडमा रहेको माटोको ढिस्कोमा ठोक्किँदा सडकमा खसी घाइते भएका थिए। उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएकोमा बिहान ८:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा ७ जनाको टोली घटनास्थलतर्फ खटिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...