byd
care tekar

महाकालीमा बेपत्ता सशस्त्रका असई थारूको शव भेटियो

cp new add
Nisharg hospital
dhanga
Rubic

कञ्चनपुर । भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव फेला परेको छ।

sanjiwan
Nisharg

भत्किएको झोलुंगे पुलको तारमा अड्किएको अवस्थामा थारूको शव फेला परेको हो । नदीको बहाव तीव्र रहेकाले शव निकाल्न कठिनाइ भइरहेको छ।

maya metro
nagrik
Gyan Hotel
udhog

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार थारूको शव रहेको स्थान पहिचान भइसकेको छ। तार तान्ने क्रममा उनी त्यहीँ अड्किएको हुन सक्ने उनले बताए।

HAMRO DAIRY
Nav

‘शव रहेको स्थान लोकेट भएको छ। पानीको माथिल्लो भागबाट हेर्दा सशस्त्र प्रहरीको टी–सर्ट लगाएको व्यक्ति तारमा अड्किएको देखिन्छ,’ कोइरालाले भने, ‘पानीको बहाव तीव्र भएकाले शव निकाल्न चुनौती भइरहेको छ। गोताखोर टोली र नेपाली सेनाले प्रयास गरिरहेका छन्।’

उनका अनुसार आवश्यक परे पानीको बहाव कम गर्न जेसीबी प्रयोग गर्ने तयारीसमेत गरिएको छ।

दुई साताअघि दोधाराचाँदनी जोड्ने झोलुंगे पुल भत्किएको थियो। पुल भत्किएसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो। सोही तार तान्ने क्रममा डुंगा अनियन्त्रित हुँदा थारू महाकाली नदीमा बेपत्ता भएका थिए।

बर्दियाको ठाकुरबाबा नगरपालिका–६, तुलसीपुरका थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधाराचाँदनीको देवस्थानस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...