byd
care tekar

बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले सांसद थापाले दिए राजीनामा

cp new add
Nisharg hospital
dhanga
Rubic
Nav

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता वीरबहादुर थापाले प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् ।
थापाले मंगलबार सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । बजेट हतारमा पारित गर्न नहुने र सांसदहरूले धारणा राख्न पाउनुपर्ने माग गरे पनि संसदीय दलको बैठकमा छलफल गर्न नदिइएपछि उनी असन्तुष्ट बनेको स्रोतले जनाएको छ ।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित थापा निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत हुन् । उनको राजीनामाबारे सभामुखले निर्णय लिन बाँकी छ ।
सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो । सत्तारुढ दलकै सांसद असन्तुष्ट रहेकै बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बहिष्कारबीच मंगलबार प्रदेशसभाबाट बजेट पारित भएको छ ।

sanjiwan
Nisharg

थापाको सचिवालयले भने यसबारे औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन् । थापाका स्वकीय सचिव राधाकृष्ण जोशीले यसबारे जानकारी नभएको बताए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...