byd
care tekar

एयरपोर्ट वरपर चङ्गा, ड्रोन र बेलुन उडाउन निषेध

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउन निषेध गरिएको छ ।

sanjiwan
Nisharg
Nav

विमानस्थल नागरिक उड्डयन प्राधिकरणले आज सूचना जारी गर्दै एयरपोर्ट क्षेत्र वरपर चङ्गा, ड्रोन, बेलुन उडानसहित लेजर लाइटको प्रयोगमा रोक लगाएको हो । जहाज उडान तथा अवतरणको समयमा विमानस्थल आसपास यी वस्तु उडाउँदा सुरक्षामा गम्भीर असर पर्ने कार्यालयको भनाइ छ ।

maya metro
nagrik
Gyan Hotel
udhog

सूचनामा भनिएको छ, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमका गतिविधि एवम् क्रियाकलाप नगर्न नगराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

HAMRO DAIRY

कार्यालयले कोही कसैले सूचनाको अवज्ञा गरेमा प्रचलित कानूनबमोजिम कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...