byd
care tekar

यात्रुलाई दुःख दिने र चालकसँग रकम माग्ने तीन जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । सार्वजनिक यातायातका यात्रुलाई जबरजस्ती गाडीमा चढाउन दबाब दिने र यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै चालकसँग रकम माग्ने तीन जना पक्राउ परेका छन् ।

sanjiwan
Nisharg

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका(१ घर भई काठमाडौंको भोटेबहाल बस्ने ४३ वर्षीय विशाल कुमार जैशवाल, भारतको मोतिहारी कोटोहा-१० घर भएका ४२ वर्षीय रञ्जन कुमार र सिराहाको सिराहा नगरपालिका-५ घर भई काठमाडौंको बल्खु बस्ने ५१ वर्षीय राम कलेवर यादव रहेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Nav

प्रहरीका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका–१४ स्थित बल्खु सडकखण्डमा उपत्यकाबाहिर जाने यात्रुलाई आफूले भनेको गाडीमा चढ्न दबाब दिने, सामान तानेर दुःख दिने र सस्तो टिकटको प्रलोभन देखाउने गरेका थिए।

HAMRO DAIRY

त्यस्तै, यात्रु मिलाइदिएबापत चालकसँग रकम असुल्ने तथा सम्राट मेट्रो यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै रकम माग्ने गरेको प्रहरीको भनाइ छ। रकम नदिए गाडी जान नदिने भन्दै धम्की दिने, हातपात गर्ने र गालीगलौज गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...