po
care tekar

छिमेकीहरूबीचको कुटपिटबाट एक जनाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ पैटामा छिमेकीहरूबीच सामान्य विवादले उग्र रूप लिँदा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

sanjiwan
Nisharg

बारीमा टाटी (घेराबार) लगाउने विषयमा भएको विवादमा परेका ५८ वर्षीय बलदेव साहको कुटपिटका कारण मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

maya metro
nagrik
Gyan Hotel
udhog
Nav

प्रहरीका अनुसार बुधबार बिहान करिब ११:२० बजे बलदेव र स्थानीय ३० वर्षीय रविन साहबीच बारीमा टाटी लगाउने विषयलाई लिएर भनाभन भएको थियो। विवाद बढ्दै जाँदा रविनले बलदेवमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

HAMRO DAIRY

कुटपिटपछि बेहोस भएका बलदेवलाई उपचारका लागि जीवन विकास अस्पताल लगिएको थियो। शरीरमा बाहिरी चोटपटक नदेखिए पनि स्वास्थ्य अवस्था असामान्य बनेपछि उनलाई अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

अस्पतालमा उपचार भइरहेका बेला बलदेवको अवस्था थप बिग्रिँदै गएपछि चिकित्सकले थप उपचार सम्भव नहुने बताएका थिए। त्यसपछि आफन्तले उनलाई घर लैजाने निर्णय गरेका थिए। तर, अस्पतालबाट घरतर्फ लैजाने क्रममा बुधबार साँझ करिब ५:३५ बजे उनको बाटोमै मृत्यु भएको डीएसपी मिश्रले बताए।

मृतक साह मिर्गौलासम्बन्धी समस्या र मुटुका पुराना रोगीसमेत रहेको बुझिएको छ। मृत्युको यकिन कारण पत्ता लगाउन शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ। घटनापछि कुटपिटमा संलग्न आरोपमा रविनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको डीएसपी मिश्रले बताए।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...