po
care tekar

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

cp new add
Nisharg hospital
dhanga
Rubic

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–५ पुलचोकस्थित हुलाकी सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना गम्भीर घाइते भएका छन्।

sanjiwan
Nisharg

दुर्घटनामा सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ निवासी १८ वर्षीय मोहम्मद रिहानरेन मियाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्रहरीका अनुसार परीक्षणका लागि नम्बर प्लेट नराखिएको स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो। त्यसपछि स्कुटर विपरीत दिशाबाट आउँदै गरेको को १–०२–००१ क ३७८२ नम्बरको स्कुल बसमा ठोक्किएको थियो।

HAMRO DAIRY

दुर्घटनामा स्कुटरको पछाडि सवार सप्तरीको राजविराज नगरपालिका–९ निवासी १८ वर्षीय मोहम्मद नजाम मिया गम्भीर घाइते भएका छन्। उनको विराट नर्सिङ होममा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न स्कुटर र स्कुल बस प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...