



धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र थापा सर्वोत्कृष्ट प्रदेश प्रहरी गणपति घोषित भएका छन्।
नेपाल प्रहरीको कार्यदक्षता मूल्याङ्कनअन्तर्गत ‘प्रहरी ब्याटन २०८३’ मा सुदूरपश्चिम प्रदेश प्रहरी गण प्रथम भएपछि थापा सर्वोत्कृष्ट गणपति घोषित भएका हुन्।
७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले थापालाई अभिलेखमा जनिने गरी नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेका छन्।






