press
po

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । साउदी अरबको अराम्को तेल केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

sanjiwan
Nisharg
Nav

साउदी ऊर्जा मन्त्रालयका अनुसार बुधबार भएको घटनामा नेपाल र फिलिपिन्सका एक–एक नागरिकको मृत्यु भएको हो। घटनामा भारतीय र पाकिस्तानी नागरिक घाइते भएका छन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

संयुक्त अरब इमिरेट्स (यूएई) को सीमाना नजिक रहेको शैबह तेल क्षेत्रमा लक्षित ड्रोनलाई बीचमै रोक्ने क्रममा खसेको भग्नावशेषले तेल केन्द्रमा क्षति पुर्‍याएको थियो। भग्नावशेष खस्दा ठेकेदार कम्पनीको सवारीसाधनमा समेत आगलागी भएको थियो।

HAMRO DAIRY

यसैबीच, साउदी अरबका विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमणका घटना भइरहेका छन्। सुरक्षा जोखिम बढेपछि अमेरिकाले साउदी अरबमा रहेका गैरआवश्यक सरकारी कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न निर्देशन दिएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...