press
po

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण, बिरामीको डाटा चुहावट

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । अमेरिकाको प्रमुख मेडिकल ल्याब कम्पनी क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण हुँदा केही बिरामीको स्वास्थ्यसम्बन्धी तथा व्यक्तिगत विवरणमा अनधिकृत पहुँच पुगेको छ ।

sanjiwan
Nisharg

कम्पनीले बिहीबार साइबर आक्रमणबारे जानकारी दिँदै आफ्नो क्वानम ल्याब सर्भिसेज म्यानेजर (एलएसएम) सिस्टम प्रभावित भएको जनाएको छ । उक्त सिस्टमबाट केही ग्राहकले ल्याब परीक्षणको अर्डर दिन, नतिजा प्राप्त गर्न र रिपोर्ट हेर्न सक्थे ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

घटनाबारे जानकारी पाएपछि कम्पनीले प्रभावित सिस्टमको प्रयोग रोकेको छ । घटनाबारे अनुसन्धान भइरहेको र सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायसँग समन्वय गरिरहेको कम्पनीले जनाएको छ ।

HAMRO DAIRY

कम्पनीका अनुसार साइबर आक्रमणबाट अन्य सिस्टम प्रभावित भएका छैनन् । चिकित्सक तथा स्वास्थ्य संस्थाले पहिलेझैँ कम्पनीको सिस्टम वा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मार्फत परीक्षणका लागि नमुना पठाउन सक्नेछन् । कम्पनीले दैनिक कामकारबाहीमा असर नपरेको पनि स्पष्ट पारेको छ ।

Nav

आक्रमणबाट बिरामीको स्वास्थ्यसम्बन्धी जानकारी र पहिचान खुल्ने व्यक्तिगत विवरणमा पहुँच पुगेको भए पनि कुन-कुन विवरण हेरियो वा कति डाटा प्रभावित भयो भन्ने विषय स्पष्ट भइसकेको छैन । कम्पनीले अनुसन्धानपछि कानुनअनुसार सम्बन्धित व्यक्तिलाई जानकारी गराउने जनाएको छ ।

साइबर सुरक्षा अनुसन्धान कम्पनी कम्प्यारिटेकका अनुसार सन् २०२६ को जनवरीदेखि जुनसम्म विश्वभर स्वास्थ्य क्षेत्रमा ४१० साइबर आक्रमण दर्ता भएका थिए । जुलाईदेखि सेप्टेम्बरसम्म थप ३०६ घटना सार्वजनिक भएका छन् । तीमध्ये दोस्रो अवधिमा अमेरिकामा मात्रै १८५ घटना भएका थिए ।

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) को अभिलेखअनुसार सेप्टेम्बर ३०, २०२६ सम्म कम्तीमा ५०० मानिस प्रभावित हुने गरी डाटा चुहावटका ५७१ घटना दर्ता भएका थिए । तीमध्ये ४८५ घटना ह्याकिङ वा सूचना प्रविधि प्रणालीसँग सम्बन्धित थिए । घटनाबाट करिब ७ करोड ६७ लाख मानिसको जानकारी प्रभावित भएको थियो ।

क्वेस्ट डायग्नोस्टिक्समा यसअघि पनि डाटा चुहावटका घटना भएका थिए । सन् २०१६ मा करिब ३४ हजार र सन् २०१९ मा करिब १ करोड १९ लाख बिरामीको व्यक्तिगत जानकारी प्रभावित भएको कम्पनीले जनाएको थियो ।

साइबर आक्रमणमा ह्याकरहरूले कम्प्युटर प्रणाली वा नेटवर्कमा रहेका डाटा चोर्ने वा लक गर्ने गर्छन् । कतिपय अवस्थामा डाटा फिर्ता गर्न वा प्रणाली खोल्न फिरौतीसमेत माग्ने गरिन्छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...