


काठमाडौं । नवलपरासी पूर्वमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।


देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोला र कावासोती नगरपालिका–८ फलफुल चोकस्थित टरूवातर्फ जाने भित्री सडकको छेउमा दुई शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।






देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोलामा अन्दाजी ५७ वर्षीय पुरूष मृत भेटिएका हुन् ।

यसैगरी नवलपरासी पूर्व, कावासोती नगरपालिका–८ फलफुल चोकस्थित टरूवातर्फ जाने भित्री सडकको छेउमा अन्दाजी ५६ वर्षीय पुरूष मृत अवस्थामा भेटिएका हुन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ






