



धनगढी । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल परिवारसहित बडिमालिका दर्शनका लागि पुगेका छन्।


प्रधानसेनापति सिग्देल शनिबार हेलिकप्टरमार्फत बाजुरा पुगेका हुन् । परिवारसहित उनी सवार हेलीकोप्टर बडिमालिका नगरपालिका–८ को थापाथली ब्यारेकमा रहेको ईश्वरीबक्स गुल्मको मुख्यालयमा अवतरण गरेको थियो ।
प्रधानसेनापति सिग्देलले आइतबार बिहान बडिमालिकामा पूजाआजा गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।






