माटोको ढिस्कोमा कैलालीकी किशोरीको मृत्यु प्रेसपत्र प्रकाशित कार्तिक ८, २०८३ धनगढी । कैलालीमा माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–९ बस्ने १४ वर्षीया जयन्ती बोहराको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेको थियो ।