


काठमाडौं । भारतको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा एक महिलासहित पाँच जनाको मृत्यु भएको छ ।


सोमबार राति गुवाहाटीस्थित एक होटलमा मालिक र भाडामा होटल चलाउने व्यक्तिबीच भएको विवादपछि गोली चलेको थियो ।





प्रहरीका अनुसार घटना सोमबार राति ९ बजेतिर आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर टाढा जीएस रोडमा बोरा सेवाको विपरीत रहेको होटल बिलास इनमा भएको थियो।


‘छ जनालाई गोली लागेको थियो, जसमध्ये पाँच जनाको मृत्यु भएको थियो। एक जनाको उपचार भइरहेको छ,’ प्रहरी आयुक्त पार्थ सारथी महन्तलाई उदृत गर्दै समाचार एजेन्सी पीटीआईलाई लेखेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार घटनापछि एक जनालाई पक्राउ गरिएको छ ।
प्रहरी आयुक्तका अनुसार हत्या लाइसेन्स प्राप्त ।३२ बोरको पेस्तोलबाट गरिएको थियो।
प्रहरीले घटनामा प्रयोग भएको हतियार बरामद गरेको छ।






