


धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छली गरी भारतबाट ल्याइएका ८ लाख ३८ हजार ५५० रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।



कैलालीको भजनी नगरपालिका–५ कुटीबाट बुधबार साँझ ८१ हजार ७०० रुपैयाँ बराबरका भाँडाकुँडा, बालबालिकाका खेलौना, कस्मेटिकलगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारेको थियो।





त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट ७ लाख ५६ हजार ८५० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले कपडा, बिँडी, सुर्ती, पटका, मिठाई, मोबाइलका पार्टपुर्जा, स्मार्ट वाच, माछा र ब्रोइलर कुखुरालगायतका सामान बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।






