


धनगढी । कैलालीको गोदावरी नगरपालिका–८ स्थित सूर्यदय सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ ।
बुधबार दिउँसो करिब साढे १ बजे सामुदायिक वनभित्र बेवारिसे अवस्थामा ४५ देखि ५० वर्ष उमेरकी जस्तो देखिने महिलाको शव फेला परेको हो ।
सामुदायिक वनका चौकीदारले शव देखेपछि अस्थायी प्रहरी पोष्ट स्याउलेलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी वरिष्ठ हवल्दार प्रेमराज जोशीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।



घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक कृष्णबहादुर खड्काको कमाण्डमा अपराध अनुसन्धानमा सहयोग गर्ने प्राविधिक टोली (एसओसीओ) सहित पाँच जनाको प्रहरी टोली पनि घटनास्थलमा पुगेको थियोे ।





प्रहरीका अनुसार शवको कम्मरभन्दा मुनिको भाग, हातका चुरा र एउटा झोला फेला परेका छन् । घटनास्थलमा थप अनुसन्धान भइरहेको छ ।






