press
po

धनगढीमा दसैंतिहार विशेष खुल्ला भलिबल प्रतियोगिता हुने

cp new add
Nisharg hospital
dhanga
Rubic

कैलालीको धनगढी उपमहानगरपालिका–१७ मा दसैंतिहार विशेष खुल्ला भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। परिवर्तनशील युवा क्लबको आयोजनामा कार्तिक १८ देखि २१ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष लोकराज जोशीले बताएका छन्।

sanjiwan
Nisharg

प्रतियोगितामा प्रथम हुने टिमले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय हुने टिमलाई आकर्षक नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने जोशीले जनाए। द्वितीय पुरस्कारको राशि भने कार्तिक १७ गते निर्धारण गरिनेछ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले १ हजार ५ सय ५५ रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। टिम दर्ताको अन्तिम मिति कार्तिक १७ गते तोकिएको छ।

HAMRO DAIRY

टिम दर्ता तथा अन्य जानकारीका लागि क्लबका उपाध्यक्ष शंकर साउद (९७६९८३७९७०), सचिव बिमल बोहरा (९७६११८३५४४), कोषाध्यक्ष सुनिल बोहरा (९७४७२९४७७६) लाई सम्पर्क गर्न सकिनेछ।

खेलसम्बन्धी नियम तथा अन्य जानकारी आयोजक समितिले पछि सार्वजनिक गर्ने जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...