press
po

प्रेस स्वतन्त्रता विपरीत गरिएको गिरफ्तारीको जबाफ चाहिन्छ– जनार्दन शर्मा

cp new add
Nisharg hospital
dhanga
Rubic

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पत्रकार गिरफ्तारीको घटनाबारे प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई जानकारी नभएको भन्ने सार्वजनिक अभिव्यक्तिले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

sanjiwan
Nisharg

शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पत्रकारको गिरफ्तारी संविधान र प्रेस स्वतन्त्रताविरोधी काम भएको बताएका हुन्। पत्रकार पक्राउ परेको घटनाबारे प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई थाहा नभएको भन्ने अभिव्यक्तिले सरकार सञ्चालनको जिम्मेवारी र प्रहरीको कमान्ड प्रणालीमाथि प्रश्न उठाएको उनको भनाइ छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

‘सरकार कसले चलाइरहेको छरु चेन अफ कमान्ड किन त्यहाँभित्र छैन भन्ने गम्भीर प्रश्न उठाएको छ,’ शर्माले लेखेका छन्। उनले यस घटनाले मुलुकको राजनीति विघटनको दिशातिर गइरहेको संकेत गरेको भन्दै सबैलाई बेलैमा सचेत हुन आग्रह गरेका छन्। ‘प्रेस स्वतन्त्रताविपरीत गरिएको गिरफ्तारीको जवाफ चाहिन्छ,’ उनले लेखेका छन्।

HAMRO DAIRY
Nav

शुक्रबार प्रहरीले काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकार पक्राउ गरेको र खोजी गरेको घटनापछि आएको हो। प्रहरीले नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई पक्राउ गरेको थियो।

त्यस्तै, दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरेको थियो। प्रहरी टोली केही सञ्चारमाध्यमको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनुका साथै पत्रकारका मोबाइलसमेत जाँच गरेको थियो।

घटनाको पत्रकारका विभिन्न संघसंस्था तथा राजनीतिक दलका नेताहरूले विरोध गरेका थिए। चौतर्फी आलोचना भएपछि प्रहरीले पक्राउ परेका तीनै जना पत्रकारलाई रिहा गरेको थियो। घटनाबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले पत्रकारलाई थुन्ने उद्देश्य नभई केही विषयमा बुझ्न मात्रै खोजिएको बताएका थिए।

प्रधानमन्त्री कार्यालयबाट पत्रकार पक्राउ गर्न निर्देशन नभएको भन्दै उनले त्यस विषयमा सरकारको चासो रहेको बताएका थिए।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...