


धनगढी । कैलालीको धनगढीमा पहिलो पटक ‘मायामेट्रो हस्पिटल सुदूरपश्चिम महिला गोल्डकप–२०८३’ आयोजना हुने भएको छ।


सुर्मादेवी युवा क्लबको आयोजनामा धनगढी उपमहानगरपालिका–१९, आई गाउँस्थित क्लबको मैदानमा कार्तिक १८ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ।






प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। नकआउट प्रणालीमा खेलाइने प्रतियोगिताको विजेताले ९९ हजार ९९९ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

महिला फुटबल प्रतिभालाई अवसर प्रदान गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष राजेन्द्र स्नेहीले जानकारी दिएका छन्।
प्रतियोगिताको मुख्य प्रायोजक मायामेट्रो हस्पिटल रहेको छ भने एन्फा र कैलाली जिल्ला फुटबल संघको सहयोग रहने आयोजकले जनाएको छ।






