press
po

काठमाण्डू विरुद्धको ब्याटिङ पावर प्लेमा कर्णालीले बनायो ६५ रन

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्ध विस्फोटक सुरुआत गरेको छ ।

sanjiwan
Nisharg

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको कर्णालीले काठमाण्डूविरुद्ध सुरुआती ६ ओभरमा एक विकेट गुमाएर ६५ रन बनाएको छ । हाल क्रिजमा रहेका ओवनर अरिफुल इस्लामले ४४ रन बनाएका छन् भने मार्क वाट १४ रनमा खेलिरहेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

त्यसअघि पभेलियन फर्किएका जिशान आलमले सात रन बनाएका थिए । काठमाण्डूका लागि कप्तान करण केसीले एक विकेट लिए ।

HAMRO DAIRY

खेलमा कर्णाली लगातार तेस्रो जितको खोजीमा छ । चार अंकसहित शीर्ष स्थानमा रहेको कर्णालीले यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किंग्सलाई दोस्रो खेलमा चार विकेटले हराएको थियो ।

यता, काठमाण्डू भने पहिलो जितको खोजीमा छ । यसअघि टोलीले जनकपुरसँग खेल्दा आठ विकेटको पराजय भोगेको थियो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...