


धनगढी । कैलालीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर १६ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।



सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका बर्दगोरिया गाउँपालिका–१ कट्टीपुर बस्ने ५८ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो ।





२८ पुस २०६७ मा कर्तव्य ज्यान गरेर शाही फरार भएका थिए । शाहीलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका शाहीलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ । अदालतबाट म्याद थप लिई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।






