


धनगढी । कैलालीमा चोरी मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका एक युवक पक्राउ परेका छन्।



जिल्ला अदालत कैलालीको फैसलाअनुसार ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१३ निवासी २० वर्षीय सलमान खानलाई प्रहरीले पक्राउ गरेको हो।





फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरेको जनाएको छ।






