press
po

प्रधानमन्त्री बालेनलाई पनि भेट्ने भारतीय विदेश सचिवको तयारी

cp new add
Nisharg hospital
Dhangadhi
Rubic
Nav

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आउँदै छन् । उनले आजैदेखि नेपालका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेट गर्ने तयारी छ । उनले प्रधानमन्त्री बालेन शाहसँग पनि आजै शिष्टाचार भेट गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । कार्यव्यस्तताका कारण आज भेट हुन नसके भोलि भेटघाट हुन सक्ने बताइएको छ ।

मिश्रीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि शिष्टाचार भेट गर्ने तयारी रहेको छ ।

काठमाडौंमा भेटघाट सकेर उनी भोलि कात्तिक १९ गते अपराह्न भारत फर्किने कार्यक्रम छ ।

बालेनको भारत भ्रमण मंसिर दोस्रो साता

नेपाल र भारत दुवै देशका अधिकारीहरूले प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर दोस्रो साताका लागि तयारी गरिरहेको स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्रीसँग भेटघाटको समय नमिलेपछि तय भएको भ्रमण भारतीय विदेश सचिव मिश्रीले स्थगित गरेको समाचार सार्वजनिक भएको थियो । अहिलेको भ्रमणलाई प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसँग जोडेर हेरिएको छ ।

गत कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार भेटघाटका क्रममा नेपाली प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिइसकिएको जानकारी दिएका थिए ।

यसैबीच, नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति छिट्टै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ । उक्त मिति भारतीय विदेश सचिव मिश्रीको भ्रमणपछि सार्वजनिक हुन सक्ने बताइएको छ ।

sanjiwan
Nisharg
Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...