


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की पुनर्बहालीको मागसहित आज सर्वोच्च अदालत जाने भएका छन् । मन्त्रिपरिषद्को निर्णयबाट पदमुक्त भएपछि कार्कीले उक्त निर्णयलाई कानुनी रूपमा चुनौती दिने तयारी गरेका हुन्।



यस विषयमा उनले बुधबार दिउँसो कानुन व्यवसायीहरूसँग छलफल तथा परामर्श गरेका थिए।





कार्कीनिकट एक कानुन व्यवसायीका अनुसार बुधबार समय अभावका कारण रिट दर्ता हुन नसकेपछि बिहीबार सर्वोच्च अदालत जाने तयारी गरिएको हो । सरकारले कार्कीलाई आईजीपीबाट हटाउँदै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा.मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

कार्कीले सरकारको उक्त निर्णयमाथि कानुनी प्रश्न उठाउँदै आफूलाई पुनः प्रहरी महानिरीक्षकमा बहाल गर्न माग गर्ने तयारी गरेका छन् ।






