press
po

 साइबर ब्युरोले बोलाएपछि शिवाकोटीको जवाफ– प्रहरी लगाएर खोज्नु पर्दैन, आफैँ आउँदैछु

cp new add
Nisharg hospital
Dhangadhi
Rubic
Nav
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ। पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा ब्युरोले उनलाई सम्पर्क गरी उपस्थित हुन बोलाएको हो।

धार्मिक यात्राका क्रममा काठमाडौँबाहिर रहेका शिवाकोटीले आफू साइबर ब्युरोमा उपस्थित हुने बताएका छन्। उनले आफू काठमाडौँ फर्किरहेको र प्रहरी लगाएर खोज्न आवश्यक नरहेको प्रतिक्रिया दिएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शिवाकोटीले सरकारको भय र भ्रमबाट आफू विचलित नहुने बताएका छन्। उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदैछु।’

शिवाकोटीले केही दिनयता सामाजिक सञ्जालमार्फत सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै आलोचना गर्दै आएका छन्।

सरकारले डर र त्रास देखाएर सत्ता सञ्चालन गर्न खोजेको आरोप लगाउँदै उनले आफू कुनै दबाबमा नपर्ने बताएका छन्। साइबर ब्युरोले भने पत्रकार खड्काको उजुरीमाथि अनुसन्धानका क्रममा शिवाकोटीलाई बोलाएको स्रोतले जनाएको छ।

sanjiwan
Nisharg
Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...