press
po

महिलाको हत्या गरेको आरोपमा चार जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

रूपन्देही । रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ छोटकी मजगावाकी एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

sanjiwan
Nisharg

स्थानीय ४१ वर्षीय जोबेदा खातुन धोबीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार गत कात्तिक १२ गते बिहान ११ बजेको समयमा कोटहीमाई गाउँपालिका वडा नं. ६ स्थित धान खेतमा खातुन धोबीको बीभत्स तरिकाले हत्या भएको थियो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

टाउकोमा कोदालोको बिँडले प्रहार गरी घाँटीमा हँसियाले घोपेर बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा प्रहरीले जोबेदाको शव धान खेतमा फेला पारेको थियो। सोही दिन भैँसी चराउन गएकी एक महिलाले धान खेतमा महिलाको बीभत्स शव देखेपछि उक्त घटना बाहिर आएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

HAMRO DAIRY

खबर पाएपछि घटनास्थलमा गएको प्रहरीले टाउकोमा कोदालोको बिँड प्रहार गरी घाँटीमा हँसियाले घोपी बीभत्स रूपले हत्या गरिएको अवस्थामा जोबेदाको शव फेला पारेको थियो। प्रहरीका अनुसार जोबेदाको शरीरका अन्य संवेदनशील अङ्गहरूमा समेत चोट रहेको छ।

सोही घटनामा संलग्न रहेको अभियोगमा कोटहीमाई गाउँपालिका वडा नं. ६ खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, सोही स्थानका २६ वर्षीय मन्जे हरिजन, ३० वर्षीय प्रमोदकुमार कुर्मी र मर्चवारी बस्ने ३५ वर्षीय धर्मराज यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले उनीहरूलाई जिल्ला अदालत रूपन्देहीमा कात्तिक १६ गते ज्यानसम्बन्धी, करणीसम्बन्धी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Nav

महिलाको शवको प्रकृति र घटनाको संवेदनशीलतालाई हेरेर प्रदेश प्रहरी कार्यालयले नेतृत्वमा अनुसन्धान समिति नै गठन गरेर अनुसन्धान कार्य अगाडि बढाएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको कमान्डमा उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानको कमान्ड गरेका प्रहरी नायब उपरीक्षक श्रीवास्तवका अनुसार अनुसन्धानको क्रममा जोबेदा सामान्य परिवारको जिम्मेवार महिला रहेको र उनले परिवारको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

दुई छोराछोरी, सासू, दुई जना देवर र देउरानी घरमा रहे पनि श्रीमान वैदेशिक रोजगारीमा रहेकोले घरको सम्पूर्ण जिम्मेवारी जोबेदाले नै उठाउँदै आएकी थिइन्। घरभित्रको काम सँगै खेतीपातीको काम गर्ने र श्रीमानले पठाएको पैसाले जग्गा किन्ने लगायतको काममा समेत जोबेदाको भूमिका प्रमुख थियो।

घटनाको अनुसन्धान गर्दै जाँदा हत्याको दोस्रो दिन बैजनाथ यादव घटनास्थलमा देखिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। निगरानी बढाउँदै जाँदा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ अगाडि बढाएको थियो। सोधपुछको क्रममा थप व्यक्तिहरूको समेत संलग्नता हुनसक्ने देखिएपछि थप तीन जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक श्रीवास्तवका अनुसार बिहान ११ बजेको समयमा धान खेतको बिचमा फोनमा कुरा गरिरहेकी एक्लो महिला देखेपछि उनको हत्या गरेको अनुसन्धानमा देखिएको छ। खेतको बिचमा एक्लो महिला देखेपछि सुरूमा ढुङ्गा प्रहार गरेपछि महिलासँगै रहेको कोदालोको बिँड र हँसियाले उनको हत्या गरेको बैजनाथले प्रहरीसामु स्वीकार गरेका छन्।

‘महिलाको शव जुन बीभत्स अवस्थामा भेटिएको थियो, त्यो दृश्य निकै संवेदनशील थियो,’ श्रीवास्तवले भने, ‘सोहीअनुसार अनुसन्धान टोली परिचालित भयो र दुई दिनमै घटनामा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिन सफल भयौं। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

हत्या गरेपछि बैजनाथले जोबेदाले नाक कानमा लगाएका सुनका गरगहना समेत लुटेर लगेका थिए। महिलाको बीभत्स रूपले हत्या गरिएको, सुनका गरगहना लुटेर लगिएको र बैजनाथले समेत नाम लिएकोले अन्यको समेत संलग्नता हुनसक्ने देखिएकोले थप तिन जनालाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...